images
images

रोशी खोलामा हरियो लसुन धुँदै किसान

काभ्रेपलाञ्चोक, ७ माघ – जिल्लाको लामाबजारस्थित रोशी खोलामा हरियो लसुन धुँदै किसान। प्रति मुठा १०० रुपैयाँमा ठेकेदार किसानको बारी मै सो हरियो लसुन लिन आउने एक किसानले बताए।

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ र काठमाडौं उपत्यकामा यसको राम्रो माग भएका कारण ठेकेदारहरू किसानको खेतसम्म पुग्ने गर्दछन्। लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेटसम्बन्धि विभिन्न विकार पनि हटाउँछ। लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ।

लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ। स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन्। लसुनका पात खानाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ। यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ।

लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ। यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ। यसले संक्रमणको खतरा पनि कम गर्छ।