images
images
images

ट्रम्पले शपथ लिएसँगै जारी गरे डब्लूएचओबाट अलग हुने कार्यकारी आदेश

एजेन्सी– अमेरिकाको राष्ट्रपतिका रूपमा शपथ लिएसँगै डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने आदेश जारी गरेका छन् ।

यो आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका डब्लूएचओबाट अलग भएको छ । योसँगै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग पनि रोकिनेछ।

आदेश जारी गर्दै ट्रम्पले भनेका छन्, ‘यो एउटा ठूलो निर्णय हो।’ ट्रम्पले अन्य देशको तुलनामा डब्लूएचओका लागि अमेरिकाले अनुचित मूल्य चुकाउनु परेको टिप्पणी गरेका छन्।

ट्रम्पले डब्लुएचओतर्फ इशारा गर्दै भनेका छन्, ‘अमेरिका जावस् भन्ने उनीहरूको धेरै इच्छा थियो। त्यसैले हामी पनि हेरौँ अब के हुन्छ?’ यसलाई कतिपयले भने फेरि केही समयपछि डब्लूएचओमा फर्किने संकेतका रूपमा समेत अर्थ लगाएका छन्।