images

आगामी माघ १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान

काठमाडौँ,  ८ माघ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । संसद नखुल्दा सरकारका कानुन निर्माणहरु हुन सकेका छैनन भने सरकार अध्यादेशको भर पर्ने गरेको छ ।