images
images

सयौं राष्ट्रिय भाउजुहरू अनि एक आमा (कविता)

  • रसुवाली कवि

आमा हुनुहुन्थ्यो एक बिरगंना,
जो युगको सबैभन्दा डरलाग्दो लडाइँमा
उभिनु भो ठिङ्ग ।
आमा हुनुहुन्थ्यो एक योद्धा,
जस्ले कहिले पनि
समरमा आत्मसमर्पण गर्नु भएन ।
आमाहरू उपर
इतिहासले सिर झुक्कायो
र भन्यो लाल सलाम आमा ।
लाखौं उत्पीडित भाउजुहरूलाई
म गर्छु एक साहसको अभिवादन ।
जो,
कहिले श्रमबाट भागेनन ।
एकथरी भाउजुहरू,
सत्तासिन दाइहरूको बुई  चढेर,
देशलाई जुवाघर बनाएर,
आफूमात्र बाँचे हाई सुखले ।
ती भाउजुहरूप्रती
म व्यक्त गर्छु सदावहार खेद प्रकट ।

इतिहासले ती राष्ट्रिय भाउजु उपर
लेखेको छ एक शोक विज्ञप्ति ।
ती भाउजुहरूको नाम अब,
इतिहासमा लिइनेछैन सहि गरि
कुनै राष्ट्रिय सम्मान बन्ने छैन भाउजुका लागि खास ।

(रसुवाली कवि प्रगतिशील लेखक हुन् )