images
images

चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

काठमाण्डाै – चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाईतेहरुः
१.भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा।
२.भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३.जि.मोरङ हरैचा न.पा.३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४.ऐ. हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सामान्य ।
५.जि.सुनसरी बस्ने बर्ष ४० की संगिता मगर,सामान्य ।
६.जि.झापा मेची न.पा.११ बस्ने बर्ष ३२ की सुमिमा राई, मध्यम ।
७.जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने बर्ष ३० को मिलन तामाङ,सामान्य ।
८.जि.ललितपुर गोदावरी न.पा.७ बस्ने बर्ष २७ को सुमन लामा,सामान्य ।
९.जि.भोजपुर अरुण गा.पा.१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।
१०.ऐ. बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे, सामान्य ।
भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरुः-
१.सहचालक जि.सर्लाही लालबन्दी न.पा.१० बस्ने बर्ष ३६ को बिक्रम मगर, सामान्य ।
२.कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।
३.बसमा सवार जि.सुनसरी रक्तमाला न.पा.५ बस्ने बर्ष २९ की मनिका राई, सामान्य ।
४.बसमा सवार जि.मोरङ हरैचा न.पा.५ बस्ने बर्ष २५ की कल्पना राई, सामान्य ।
५.ऐ. बस्ने बर्ष २५ की सपना राई, सामान्य ।
६.जि.धनकुटा सहिदभुमी गा.पा.४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, सामान्य ।
७.निजकै छोरी बर्ष ४ की दिब्या राई, मध्यम ।
८.बस चालक जि.मकवानपुर हेटौंडा उ.म.न.पा.२ बस्ने बर्ष ३७ को बादल कुमार9855077074

१.काठमाण्डौ तर्फ गएको घाईतेः-जि.धादिङ रुबीभ्याली गा.पा.४ बस्ने बर्ष ३२ को दिपक तामाङ, सामान्य ।

प्रहरीको अनुसार सबै घाईते छन । सिरियस कोही छैन ।