images
images
images

सुनचाँदी व्यवसायको जोखिम व्यवस्थापनका लागि महासंघ र प्रभु इन्स्योरेन्सबीच समझदारी

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु ईन्स्योरेन्स कम्पनीबीच सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।

समझदारी अनुसार प्रभु ईन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउने विश्वास लिइएको छ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु ईन्स्योरेन्ससँग सहकार्य गर्नेछ ।

कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको उपस्थितिमा समझदारी भएको हो । समझदारी पत्रमा महासंघका महासचिव निर बहादुर विश्वकर्मा र कार्यालय प्रमुख राम महर्जन तथा प्रभु ईन्स्योरेन्सका बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्द कुमार कर्णले हस्ताक्षर गरेका छन् ।