images

सशस्त्रका जवानको पेन्सन १६ वर्षमै दिने कानुन ल्याउँदैछौंः गृहमन्त्री

काठमाडौं, ९ माघ – गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुन ल्याउँन लागेको बताएका छन् ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनले आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताए ।

कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’, लेखकले भने ।