प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन्।

टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए।

उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।

नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्ड निवास पुगेका हुन्।

लामो समयदेखि बिरामी प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो ।