एसपी यादव/सर्लाही, १३ माघ – जनता समाजवादी पार्टी, नेपालका सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष विरेन्द्र कुमार रायलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि जिम्मेवारीबाट मुक्त गरिएको छ ।
रायले दिएको राजिनामा स्वीकृत गरि निजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला सचीव रणधिर यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका छन् । रायले अध्यक्ष पदमा निर्वाचित भएदेखि प्रभावकारी ढंगले जिल्लामा पार्टीको गतिविधि संचालन गर्न नसकेको, पार्टीको केन्द्रिय समितीले संचालन गरेको अभियानमा समन्वयकारी भुमिका निर्वाह गर्न नसकेको तथा पार्टीको हित र अनुशासन विपरीत काम गरेको ठहर गर्दै उनलाई जिम्मेवारीबाट मुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै पार्टीको हित विपरीत क्रियाकलाप संलग्न रहेको भन्दै सतिश कुमार साह र सुरुजदेव दास समेतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको छ । पार्टीले निष्कासित गरेका सतिश कुमार साह भने प्रादेशिक अस्पताल मलंगवाको बिकास समितिका अध्यक्ष हुन् ।
अध्यक्ष रायले २०८१ माघ ५ गते नै आफुले पार्टीलाई राजिनामा बुझाएको तर ७ दिन बितिसक्दा पनि पार्टीले विभिन्न बहानामा राजिनामा स्वीकृत नगरेकोले जिल्ला कार्यसमिति सर्लाहीको मार्ग प्रसस्त गर्नका लागि माघ ११ गते शुक्रबार देखि नै आफु पार्टीको साधारण सदस्य समेत नरहने गरि अध्यक्ष पदबाट राजीनामा दिएको भनेर छुट्टै प्रेस विज्ञप्ति जारी गरेका थिए ।