images

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, १३ माघ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई यस अवसरमा निरन्तर प्रगति, समृद्धि र उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री डा राणाले सामाजिक सञ्जालमार्फत घनिष्ठ छिमेकीका रूपमा, शताब्दीऔँको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा सहयोगको माध्यमबाट मित्रताको बलियो बन्धन र घनिष्ठ सम्बन्ध अनवरत रहेको उल्लेख गर्नुभएको छ । आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ थप सुदृढ हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।रासस