images
images

संघिय सांसद ढकाल र हङकङको विधान परिषद् सदस्यहरु बीच अन्तरक्रिया

२०८० असार २९ गते, हङकङ
तिन दिने हङकङको मैत्री पूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा संघिय सांसद एकनाथ ढकालले जन गणतन्त्र चीनको विशेष प्रशाशनिक क्षेत्र हङकङको विधान परिषद् सदस्यहरुसंग अन्तरक्रिया गरेका छन्। सांसद ढकाललाई बिधान परिषद भवनमा स्वागत गर्दै हङकङका सांसदहरुले नेपाल संगको सम्बन्ध अत्यन्त घनिष्ट र बिशेष रहेको बताउदै हङकङमा बसोबास गर्ने नेपालीहरुको समेत प्रशंसा गरेका थिए। हङकङको बिकासमा नेपाली समुदायको उल्लेखनीय योगदान रहेको समेत सांसद हरुले बताएका थिए।

प्रतिनिधि सभा सदस्य ढकालले हङकङले नेपालको बिकासमा गरेको योगदानको उच्च कदर गर्दै हङकङमा बसोबास गर्ने नेपालीहरुको सरोकारका बिषय र हितमा सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नु भयो।

सांसद ढकालले हङकङका बिधान सभाका सदस्यहरु र नेपालका बिधायकहरुबीच सक्रिय आदान प्रदान हुनुपर्ने राय राखेका थिए। छलफलमा हङकङ बिधान सभाका सदस्यहरु विङ्ग शून चेङ्ग भिन्सेन्ट, लिल्लियन क्वोक तथा बिधान सभाका उच्च पदस्थ अधिकृतहरु सभाहगी रहेका थिए।