images
images

दाहाल परिवारलाई भेटेर डोनाल्ड लूले प्रकट गरे समवेदना

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

शुक्रबार साँझ बालुवाटार पुगेर सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

त्यसक्रममा उनले दिवंगत सीता दाहालको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

आजै काठमाडौँ आइपुगेका उनले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए।