images

सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा

काठमाडौँ, १४ माघ – नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत,विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।