काठमाडौं, १५ माघ – नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ।
आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए।
बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन्। सरकारले संसद् नबोलाएर अध्यादेश ल्याएको विषयलाई प्रतिपक्षी दलले संसदमा जोडतोडका साथ उठाउने तयारी गरिरहँदा त्यसको प्रतिवादको रणनीति पनि एमालेले बनाउनेछ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक राखेर आफ्ना सांसदलाई अध्यादेशको पक्षमा बोल्न निर्देशन दिइसकेको छ।
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ।
माघ १८ गते देखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।