images
images

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ, १५ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

अहिले बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको हो।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू, समसामयिक विषयवस्तु, सरकारका नीति र कार्यक्रमहरूको कार्यान्वयन तथा अन्य महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुने बताइएको छ।

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।