images
images

एमाले सचिवालय बैठक बस्दै, के छन् विषय ?

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासल,ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो ।

बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यविभाजन तथा अन्य बिषयमा छलफल गर्ने बताइएको छ।