images

अखिल (क्रान्तिकारी)को महासचिवमा जनार्दन पक्षका रोशन थापामगर निर्वाचित

काठमाडौं- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।

उनले ६०१ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्।  थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

महासचिवमा थापामगर सँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ।

उपमहासचिव शर्मा अर्थमन्त्री रहदाँ उनी सचिवालयमा बसेर काम गरेका थिए ।थापामगरले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्टरतर्फ स्नातक गरेका छन् भने त्यसै क्याम्पसबाट शहरी योजनामा स्नातकोत्तर गरेका छन् ।