काठमाडौँ – समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ।
संसद् अधिवेशनको पूर्व सन्ध्यामा बैठक बसेको हो । आजको बैठकमा संसद्मा कसरी प्रस्तुत हुने तथा अध्यादेशको विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादीका अध्यक्षमा माधव नेपाल, नेकपामा महासचिव विप्लव र माओवादीमा एकता प्रक्रियमा रहेको महिन्द्रराय यादव नेतृत्वको एक घटक छन्।