images
images

सरकारले गर्‍यो ६ नियोगमा राजदूत सिफारिस

काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ ।

सात नियोगहरूमा राजदूत खाली रहेको अवस्थामा सरकारले क्यानडाबाहेक अन्य स्थानमा मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका छन् ।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ ।

यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ । सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत सिफारिस भएका छन् ।