काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतङ्कित पारेको बताएका छन् ।
शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतङ्कित भएको बताएका हुन् ।
त्यस्तै श्रेष्ठले संविधानको सकारात्मक अन्तर्बस्तुलाई प्रहार गर्ने अभिशायले संविधान संशोधन गर्न खोजिएको धारणा राखे । सत्तारुढ दलका नेताहरूले नै दुई दलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनले बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुराउनका लागि सरकार गम्भीर नदेखिएको बताए । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उनले माग गरे ।