images
images
images

हमासले शनिबार तीन बन्दी रिहा गर्ने

हमासले शनिबार थप तीन जना इजरायली बन्दी रिहा गर्ने भएको छ।

इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।

हमासले उनीहरूलाई शनिबार हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्। तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन्।

उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए। उनी हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए।

इजरायली अधिकारीहरूले तीनजनाको सूची प्राप्त भएको जानकारी दिएका छन् जसमा इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ। आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो।