images
images

सभामुख घिमिरेले आफू ओलीको कारिन्दा भएको प्रमाणित गरे :वाईसिएल अध्यक्ष शेर्पाली

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी ओलीको कारिन्दा भएको टिप्पणी गरेका छन् ।

मिटरब्याजीलाई कारबाही गर्न बनेको विधेयक संसदको कार्यसुचीमा नराखेर सभामुख घिमिरेले आफूलाई मिटरव्याजीको संरक्षक ओलीको कारिन्दा भएको प्रमाणित गरेको उनको आरोप छ ।

‘संघीय संसदका सभामुखले हजारौं जनताको पैसा लुट्ने मिटरब्याजीलाई कारबाही गर्न बनेको विधेयक संसदको कार्यसूचीमा नराखेर आफू मिटरब्याजीका संरक्षक केपी ओलीको कारिन्दा हो भन्ने प्रमाणीत गरेकाछन्,’– सामाजिक सञ्जालमा उनले भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारले जनतालाई अन्याय हुने काम कहिले पनि गर्न नदिनेसमेत उनले बताएका छन् । जनताको न्यायका लागि अहिलेको सरकार जस्तोसुकै कदम चाल्न पनि प्रतिबद्ध रहेको उनको भनाई छ ।