क्यानडा माथि अमेरिकाको २५ प्रतिशत कर, जवाफमा क्यानडाले पनि अमेरिकामाथि लगायो २५ प्रतिशत भन्सार कर

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे संगै जवाफमा क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ ।

अमेरिकाले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो । सिएनएनका अनुसार क्यानडाले पनि अमेरिकामाथि २५ प्रतिशत नै कर लाउने भएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन । यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन ।

अवैध आप्रवासी छोडेको र फेन्टानल लागूऔषधलाई अमेरिका छिर्न दिएको भन्दै ट्रम्पले उत्तरी छिमेकी क्यानडा र दक्षिण छिमेकी मेक्सिकोलाई भन्सार कर २५ प्रतिशत लाउने बताएका थिए ।