images
images

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २० माघ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ।

नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन लगायत विषयमा निर्णय हुने एक पदाधिकारीले बताए। बैठकले पूर्वपश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका पनि बनाउने उनले जानकारी दिए।

यसअघि माघ ८ गते बसेको बैठकले विभिन्न प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल गरेको थियो।