रसुवा, २० माघ – नेकपा (एमाले) सम्बद्ध विद्यार्थी, पत्रकार तथा कर्मचारी सङ्घ, सङ्गठनको सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । प्रेस चौतारी नेपाल रसुवाको चौथो जिल्ला अधिवेशनबाट बलराम घिमिरेको अध्यक्षतामा नौ सदस्ययीय कार्यसमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा विजया तिवारी, सचिव सरस्वती न्यौपाने, सहसचिव मञ्जु तामाङ र कोषाध्यक्षमा गङगाकुमारी मिजार निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा सुस्मा न्यौपाने, सोममाया तामाङ, राकेश लामा र सुर्यबहादुर थोक्रा चयन हुनुभएको प्रेस चौतारी रसुवाका संस्थापक अध्यक्ष होमनाथ खतिवडाले जानकारी दिनुभयो ।
सङ्घीय प्रतिनिधिमा दीपक लामा र गङ्गाकुमारी मिजार तथा प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङलाई चयन गरिएको छ । यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला सम्मेलनले सागर लामाको अध्यक्षतामा २१ सदस्ययीय कार्यसमिति चयन गरेको छ ।
त्यस्तै नेपाल निजामति कर्मचारी सङ्गठन, रसुवाको अध्यक्षमा गोसाईकुण्ड गाउँपालिकाका लेखाअधिकृत कैसाङ धिण्डुप तामाङ पुनःनिर्वाचित हुनुभएको छ । रासस