गण्डकी प्रदेश स्थापना दिवस : वृद्धाश्रमलाई सहयोग

गण्डकी, २१ माघ – गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रदेश सरकारकातर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक समारोहबीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुुभएको हो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसका अवसरमा सहयोग गरेको बताउनुुभयो ।
पोखरा वृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पु¥याइरहेको सहयोगको प्रशंसा गर्दै मन्त्री थापाले प्रदेशका तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाउउनुभयो । प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताउनुुभयो ।
वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रमले २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गरिरहेको बताउनुुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्रीको कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । रासस