![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/Prince-edward-and-sophie-1568x1045.jpg)
काठमाडौं, २२ माघ – बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया निजी भ्रमणका लागि आज नेपाल भ्रमणमा आउने भएका छन् । राजकुमार दम्पती विमानमार्फत साढे १० बजे नेपाल आइपुग्ने भएका हुन् ।
केही दिनअघि मात्रै सोफियाको ६० औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएका बेलायती सञ्चार माध्यम मिररले उल्लेख गरेको छ ।
नेपाल भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनेछन् । साथै, अन्नपूर्ण हिमश्रृंखला र घान्द्रुकको समेत भ्रमण गर्नेछन् ।
नेपाल बसाइको क्रममा, एडिनबर्गले स्वास्थ्य सेवा, मानव बेचबिखन पिडित र लैगिक हिंसा पिडितहरूलाई सहयोग प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको छ । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् ।
राजकुमार दम्पतीको नेपालमा सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।