मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

काठमाडौं, २३ माघ – मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।