images
images

सिलाई कटाई तालिम समुद्घाटन

वैशाख-१३, पोखरा । प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीहरुका श्रीमती तथा आश्रीत परिवारहरुलाई समायानुकुल व्यावसायिक सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराको आयोजनामा श्रीमती संघकै भवनमा २ महिने सिलाई कटाई तालिमको यही वैशाख-१३ गते उद्घघाटन गरिएको छ ।

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराकी अध्यक्ष अनिता गुरुङको प्रमुख आतिथ्यता तथा संघकी सल्लाहकार सदस्य, महिला सिप बिकास केन्द्र पोखराकी निर्देशक रामकली खड्काको विशेष आतिथ्यतामा उद्घाटन गरीएको उक्त कार्यक्रममा संघका अन्य पदाधिकारी सहित तालिमममा सहभागी हुने महिलाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै विशेष अतिथी खड्काले तालिममा सिकेको सिपलाई व्यवहारिक रुपमा लागु गर्न सके घर खर्च चलाउनकै लागि प्रहरीको तलब सुबिधाको प्रतिक्षा गर्नु नपर्ने बताउनुभयो ।

त्यस्तै प्रमुख अतिथी अनिता गुरुङले प्रहरी परिवारलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ अघी बढेको गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ, पोखराले संचालन गरेका जिवनोपयोगि तालिमले प्रहरी परिवारमा आर्थीक राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा पनि संघले यस्ता तालिमहरुलाइ निरन्तरता दिने बताउनुभयो ।