images
images

चितवन अदालतमा रविको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पजि चितवन जिल्ला अदालतमा चल्दैछ। चितवनको साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस चलिरहेको छ।

चितवन जिल्ला अदालतले चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको थुनछेक बहस नसकिन्जेलका लागि उनलाई न्यायिक हिरासतमा राख्न भन्दै प्रहरीको जिम्मा लगाएको थियो।

न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको थियो।

सहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको छ।