images
images

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित (त्रिवि) क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै सक्न निर्देशन दिएका छन् ।

बिहीबार ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्रिवि मैदानमा फ्लड लाइट, प्यारापिट र अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र इन्दु बर्मा, पुजा महताे सहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशालासहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् ।