images
images
images

गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा

काठमाडौ, २४ माघ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन्।

त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए। दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा अवतरण गरेका छन् भने २९ जना भैरहवाबाट उडेका छन्।

महानिर्देशक तिवारीले यो विमानस्थलमा पुनः उडानले गति लिन थालेको समेत बताए। यो विमानस्थलमा हिउँदमा भने धेरै उडान कटौती भएका थिए। प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा उडान नियमित हुन नसकेका हुन्।