images
images

खानेपानी मन्त्रालयको भवनमा आगलागी

काठमाडौं –सिंहदरबार स्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ । शनिबार बिहान ९ः०० बजेतिर मन्त्रालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण खुलेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको बताइएको ।