![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/475164044_596005706530468_7691543085819364442_n.jpg)
काठमाडौं-काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट्स स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ का लागि कर्टन रेजरको आयोजना गरेको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सुरुवात गोलमेच सम्मेलनबाट भएको हो।
जसमा भारत सरकारको डिपिआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनवाइइएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनी, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नेपाल हब, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा मन्त्री गुरुङले स्टार्टअपका लागि अवसर सिर्जना गर्ने नवीनतम् प्रविधि अँगाल्नुपर्ने बताउँदै हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पारेका थिए । एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको शुरूआत गोलमेच सम्मेलनबाट भएको थियो । जसमा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस -आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति मूलधार बनेको बताए । डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले डिजिटल परिवर्तनलाई बढावा दिएको उनको भनाइ थियो ।
नेपालको फोनपे र भारतको यूपीआई बीचको अन्तरसञ्चालन त्यसको एउटा उदाहरण भएको भन्दै उनले यसको सुरुवात भएदेखि ४ लाखभन्दा बढी व्यापारीक कारोबारहरू भएको उनको भनाइ थियो ।
भारत सरकारको डीपीआइआइटीका सहसचिव श्री संजीवले एसएमके स्टार्टअप क्षेत्रको लागि एक प्रमुख कार्यक्रममा परिणत भएको बताए । साथै, नेपाली स्टार्टअपहरूलाई सहभागी हुन आमन्त्रित गरे ।
एसएमकेमा तीन हजारभन्दा बढी प्रदर्शकहरू, दश हजार स्टार्टअपहरू र एक हजार लगानीकर्ता, इन्क्यूबेटर र एक्सेलेरेटरहरू सहभागी हुनेछन् । जसमा भारत र बाहिरबाट ५० हजारभन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले “नेपालमा स्टार्टअप नीति” बारे प्रस्तुति दिए । आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र अन्य विश्वविद्यालयहरूसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए ।
गोलमेच सम्मेलनबाट सुरुवात भएको कार्यक्रममा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस -आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।
भारत-नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्द्धन गर्ने गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७९ माघ १० गते पहिलो चरणमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख निष्कर्षहरू:
- भारत र नेपाल दुवै देशका स्टार्टअपहरूका लागि अन्तर्राष्ट्रिय विस्तारका प्रमुख बजार हुन्।
- स्टार्टअपहरू नवीनतम प्रविधि प्रयोग गरी नयाँ समस्या समाधान तथा सामाजिक चुनौतीहरूको व्यवस्थापन गरिरहेका छन्।
- डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर स्टार्टअप नवप्रवर्तनको प्रमुख अवसरका रूपमा देखिएको छ।
- डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर प्रणालीबीच अन्तरसम्बद्धताले थप लाभ प्राप्त गर्न सहयोग पुर्याउन सक्छ।
- नेपाली स्टार्टअपहरूले भारतका इन्क्युबेटर तथा लगानीकर्ताबाट वित्तीय तथा परामर्श सहयोग प्राप्त गर्न सक्छन्।
- आईआईटी मद्रास प्रवर्तक तथा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबीचको सम्झौताले स्टार्टअप इन्क्युबेशनलाई प्रवर्द्धन गर्नेछ।
- नेपाल-भारत स्टार्टअप क्षेत्रमा अझ बढी सहकार्यको आवश्यकता छ।
- नेपाली स्टार्टअपहरूले स्टार्टअप महाकुम्भ २०२५ मा सहभागिता जनाउने उत्साह व्यक्त गरेका छन्।
भारतीय दूतावासले नेपाल-भारत स्टार्टअप कनेक्टलाई प्रवर्द्धन गर्ने कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो नेपाल-भारत स्टार्टअप कनेक्ट जनवरी २४, २०२३ मा आयोजना गरिएको थियो। नेपाली शैक्षिक संस्था, स्टार्टअप तथा लगानीकर्ताहरूलाई भारतीय स्टार्टअप तथा इन्क्युबेटरसँग साझेदारी गर्न स्टार्टअप महाकुम्भ २०२५ मा सहभागी हुन आग्रह गरिएको छ।
तस्वीरहरू: