images
images

आगलागीबाट कुनै डकुमेण्ट जलेको छैन : मन्त्री यादव

काठमाडौं : शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए।

मन्त्री यादवका अनुसार, शुक्रबार नै कार्यालयमा विद्युतको तार पोलिएको गन्ध आएको थियो र उनले कार्यालय सहयोगीलाई यस बारेमा सचेत गराएका थिए। तर, पानी तताउने मेसिनको कारण आगलागी भएको अनुमान गरिएको छ।

आगलागीले केही सम्पत्ति जस्तै दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू र कार्पेटमा क्षति पुगेको छ। तर, अति आवश्यक डकुमेण्टहरू भने सुरक्षित रहेको उनले जानकारी दिएका छन्।

खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले पनि विद्युत सर्टका कारण आगो लागेको अनुमान गरेका छन्। उनले भने, “विद्युत सर्ट भएको गन्ध शुक्रबारबाट आएको थियो र आज आगलागी भएको हुनसक्छ।” उनले ठूलो क्षति हुनबाट बच्न सफल भएका बताए ।

मन्त्री खड्काले  मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताए।