images
images

नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम हाेः गृहमन्त्री लेख

काठमाडौं -गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम भएको बताउनु भएको छ ।

शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबकाे भवन उद्घाटन समारोहमा उहाँले सरकार नबेकाे करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयकाे पहिलो काम भएको बताउनुभएको हाे । साेही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालकाे ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताउनुभयो । केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उहाँको विश्वास छ । “नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छाैँ । जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनकाे काम अगाडि बढेकाे छ,” उहाँले भन्नुभयो,  “यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेकाे छ । तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछाैँ ।  चाँडै पास गर्छाैं ।” नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तकाे कुरा सुनिश्चित गरेकाे गृहमन्त्री लेखकको भनाइ छ ।

साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताउनुभयो । विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जाेड दिनुभयाे । कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीकाे शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरु महत्त्वपूर्ण काम गरेकाे बताउनुभयो । “क्लबकाे नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । याे क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ, ” गृहमन्त्री लेखक भन्नुभयाे ।

यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालकाे दुरुपयोग मुख्य चुनाैति देखिएको बताउनुभयो ।