![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/HPV-Cervical-cancer-stages-1024x585-1.jpg)
बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको सहयोगमा शिविर हुन लागेको हो ।
शिविर फागुन १९ गतेदेखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर पाँच दिनसम्म चल्ने छ । पालिकाभित्रका सबै वडाबासी महिलाहरुलाई समेट्न विभिन्न पाँच स्वास्थ्य चौकीमा शिविर हुन लागेको हो । शिविरको पहिलो दिन १९ गते बारपाक स्वास्थ्य चौकी, दोस्रो दिन फागुन २० गते सौरपानी स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको परीक्षण गरिने छ ।
तेस्रो दिन स्वाँरा स्वास्थ्य चौकी, चौथो दिन ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकी र अन्तिम दिन फागुन २३ गते पाँचखुवा देउराली स्वास्थ्य चौकीमा शिविर हुने बताएको छ । ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका सम्पूर्ण महिलाहरुले शिविरबाट सेवा लिन सक्ने छन् ।