गोरखा घर भएका माओवादी नेताहरु ठूलो जिम्मेवारीमा

गोरखा घर भई विभिन्न पद र स्थानमा रहेर नेकपा माओवादी केन्द्रको राजनीतिमा रहेका नेताहरुलाई विभिन्न जिम्मेवारीमा खटाइएको छ । गत माघ २१ मा बसेको केन्द्रीय कार्यालय(पदाधिकारी) बैठकले गरेको निर्णय आइतबार परिपत्रमार्फत नेता कार्यकर्तालाई खटाइएको हो ।

महासचिव देव गुरुङले पठाएको परिपत्रअनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठलाई खटाइएको छ । नेपाल दलित राष्ट्रिय मुक्तिमोर्चाको इन्चार्जमा परशुराम रम्तेललाई खटाइएको छ । सहिद तथा बेपत्ता सन्तति फाउण्डेशन नेपालको इञ्चार्जमा हितराज पाण्डेलाई खटाइएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको इञ्चार्जमा लेखनाथ न्यौपानेलाई खटाइएको छ ।

गण्डकी प्रदेश कमिटीको सहइञ्चार्जमा हरिराज अधिकारीलाई तोकिएको छ भने गोरखा जिल्ला इञ्चार्जमा अमरबहादुर तमुलाई तोकिएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशअन्तर्गत गण्डकी प्रदेशमा चुडामणि खड्कालाई तोकिएको पार्टी केन्द्रद्वारा पठाइएको परिपत्रमा उल्लेख छ ।