images
images

वकिलले लिने शुल्कको न्यूनतम र अधिकतम सीमा तोक्न माग

काठमाडौँ – सांसद प्रभु साहले वकिलले लिने फिलाई पारदर्शी बनाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद साहले वकिलहरुले असीमित शुल्क लिएको दाबी गर्दै त्यसलाई निश्चित गर्न माग गरेका हुन्।

उनले वकिलहरुले एउटा बहस गरेको पाँच लाखसम्म फि लिने गरेको बताउँदै वकिलको शुल्कको अधिकतम र न्युनतम सीमा निर्धारण गर्न माग गरे।

साहले भने, ‘वकिललाई कानुन लाग्छ कि लाग्दैन? वरिष्ठ अधिवक्ताको फि पाँच लाखसम्म लिन्छन्। वकिलले लिने पैसा फिको अधिकतम र न्युनतम शुल्क तोक्कै।’

उनले वकिलले मुद्दा ठेक्का लिने चलन बढेकाले हारेको अवस्थामा वकिलले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्न माग गरे।

आलु प्याजमा भ्याट लगाएको सरकारले असीमित कमाएका वकिललाई छुटे दिएको भन्दै उनले आक्रोश पोखे।

‘मुद्दाको ठेक्का लिने चलन बढेको छ। हार्यो भने क्षतिपूर्ति हुनुपर्छ, साहले भने, ‘फिस लिनेलाई रसिद दिनु पर्दैन? जनतासँग पैसा लिने तर कर लाग्दैन? आलु ब्याजमा भ्याट लगाउने सरकार वकिलको कमाइमा किन लगाउँदैन?’