अर्थसचिवको जिम्मेवारी घनश्याम उपाध्यायलाई, बाबुराम अधिकारी सचिवमा बढुवा

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव परिवर्तन भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ ।

अर्थसचिव डा. रामप्रसाद घिमिरेसँग अर्थमन्त्री बिष्णुप्रसाद पौडेल सन्तुष्ट थिएनन् । कार्यक्षमताको बिषयलाई लिएर उनलाई सरुवा गर्ने चर्चा यसअघि नै चल्दैआएको थियो ।

त्यसैगरी, रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ । सचिव बढुवा सिफारिस समितिले बिहीबार एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । सिफारिस भएका सहसचिवमध्येबाट अधिकारीलाई सरकारले बढुवा गरेको छ ।