![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/dhanbahadur-wali.jpg)
काठमाडौँ, २९ माघ – राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस