images
images

रास्वपामा प्रवेश गर्दै डा. रमेश ढकाल

काठमाडौँ, ३१ असार । दूई वर्ष अघि नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका डा रमेश ढकालले सो पार्टी त्यागेका छन् ।

उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । डा ढकाल राष्ट्रिय चिकित्सक संघका संस्थापक महासचिव थिए ।

‘म अव कुनै कम्युनिष्ट पार्टीमा छैन् । तीन महिना अघि देखि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएको छु ।’ पुराना पार्टीले केही गर्न नसकेपछि बैकल्पिक शक्तिको रुपमा आएको रास्वपालाई आफूले रोजेको उनले बताए ।

उनी यसअघि विरोध खतिवडा र भवानीप्रसाद खापुङ स्वास्थ्य मन्त्री हुँदा मन्त्रीको स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरेका थिए ।

आजै मात्रै डा पुष्पमणि खरालले एमाले परित्याग गरेको बताएका छन् । उनी पनि रास्वपा जाने तयारी गरेका छन् ।