१७ सहसचिवको सरुवा, श्रममा भट्टराई अर्थमा अर्याल (सूचीसहित)

काठमाडौँ, २९ माघ – सरकारले १७ जना सहसचिवहरूको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

सरुवा हुने सहसचिवहरूमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीसमेत छन् । आचार्यको संघीय मामिला मन्त्रालयअन्तर्गत तथा पुडासैनीको योजना आयोगमा सरुवा भएको छ । दुवै विभागका महानिर्देशकको ६ महिनामै सरुवा भएको छ। आन्तरिक राजस्व र भन्सारको नयाँ महानिर्देशक खटाइएको छैन। अर्थ मन्त्रालयले खटाउने तयारी गरेको छ।

सहसचिवहरू दीर्घराज मैनाली, नारायणप्रसाद रिसाल, कमलप्रसाद भट्टराई, तीर्थराज चिलुवाल, पार्वती अर्याल, यज्ञराज कोइरालाको पनि सरुवा भएको छ। त्यस्तै, उदयबहादुर रानामगर, रामचरित्र मेहता, युवराज पौडेल, आदेश खड्का, श्रीचन्द्र साह, राजकुमार गोइत, पुष्करप्रसाद पोखरेल, प्रेमप्रसाद सिंह र नम्रता सिंहको पनि सरुवा भएको छ।

सरुवा सूचीः