![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/1739358629-0KqbQ.jpg)
काठमाडौँ, ३० माघ – सर्लाहीको चक्रघट्टा गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ ।
जिल्लामा रहेका २० पालिकामध्ये चक्रर्घटा अन्तिम पालिकाको रुपमा कोषमा आवद्ध भएको हो । यसअघि नै १९ वटा पालिका कोषमा आवद्ध भइसकेका थिए ।
बुधबार सामाजिक सुरक्षा कोषको जनकपुर कार्यालय प्रमुख कैलाश यादव र सामाजिक सुरक्षा कोषको मिडिया आशिष्टेन्ट कामरेन्द्र वर्माको रोहबरमा चक्रघट्टा गाउँपालिकाको अध्यक्ष कृष्ण कुमार यादवबीच आवद्धको सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौता सँगै सर्लाहीको सबै स्थानिय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको आवद्ध हुन सक्छन ।