काठमाडौं, ३० माघ – राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्की जिल्लाका मदन भण्डारीलाई चयन गरेको छ। आज युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।
साइबर सर्कलदेखि विज्ञ परिषद्को नेतृत्वसम्म
मदन भण्डारी राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि सक्रिय छन् । उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन्ज । सले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा र युवाहरूमा सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएको छ ।
उनले आफ्नो नेतृत्वमा साइबर सर्कल संगठन प्रभावशाली अभियानहरूमध्ये एक बनेको बताए । अब उनले युवा विज्ञ परिषद्लाई पनि पुनः सक्रिय बनाउने, रचनात्मक कार्यक्रम अघि बढाउने र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिका स्थापित गर्न जानकारी दिए ।
नेतृत्व क्षमताका आधारमा छनोट
युवा संघका एक पदाधिकारीका अनुसार भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता, नवीनता र सृजनशीलताका कारण उनलाई जिम्मेवारी दिइएको हो।
“परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ। हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श तथा युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदैछौँ,” भण्डारीले बताए।
युवा विज्ञ परिषद्लाई पुनः सशक्त बनाउने योजना
नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान प्रविधि, राजनीति, समाजसेवा र शिक्षा लगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरुलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ।
यस निर्णयसँगै युवा विज्ञ परिषद् नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्ने भण्डारीले बताए । मदन भण्डारीको नेतृत्वमा परिषद्ले अब देशभरका युवाहरूलाई नीति निर्माणमा संलग्न गराउन ठोस कार्यक्रम ल्याउने बताए ।


लाल्टिन खबर 





