images
images

वैज्ञानिक ढंगले पारिश्रमिक तोकिने र वृद्धि हुने कानूनी प्रबन्ध गर्ने:मन्त्री भण्डारी

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  श्रमिकहरुको न्यूनतम पारिश्रमिक वैज्ञानिक ढंगले निर्धारण र वृद्धि हुने व्यवस्था गर्नु बताए ।बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् । उनले श्रमिकले श्रम गरेर आफ्नो दैनिकीमात्रै गुजार्न समेत कठिन हुने बताए ।

आइतबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउन माग लिएर मन्त्रालय पुगेको नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुसँग मन्त्री भण्डारीले आफू श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्छ भन्ने विषयमा सकारात्मक रहेको बताए ।

उनले अहिले पनि श्रमिकहरुको पारिश्रमिक बढाउने विषयमा छलफल भइरहेको तर निर्णयमा पुग्न नसकिएको बताएका छन् । ट्रेड युनियन कांग्रेसले भने श्रमिकहरुको न्यूनतम मूल्य २५ हजार पुर्‍याउन सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरमहासचिव अजयकुमार राईसहितको टोलीले मन्त्रीलाई भेटेर यथासिघ्र श्रमिकको पारिश्रमिक बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।