![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/dhanraj_L4PXjuiBWb.jpg)
पोखरा, ३ फागुन – पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।उनको उपचारका लागि अस्पताल लगिएको छ ।
चोट सामान्य रहेको बताइएको छ ।
सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।