काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व पाएको छ । अध्यक्षमा भवानी दाहाल सर्वसम्मतिमा चयन भएकी हुन् ।
महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् भने उपमहासचिवको जिम्मेवारी वामदेव ओली, सूर्य कुँवर र कमला दाहाल छन् ।
सचिवमा देवी पराजुली, राज बहादुर पछाई, टीपी भण्डारी, ओम कठायत र गोविन्द अधिकारी चयन भएका छन् । शपथग्रहण आइतबार हुनेछ ।


लाल्टिन खबर 





