काठमाडौँ, ५ फागुन – त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा ‘चित्त नबुझेको कुरा पोख्नुपर्छ, बोल्नुपर्छ, विरोध गर्नुपर्छ, चुपचाप बस्न र सहन हुन्न, सहनु भनेको प्रजातान्त्रिक आचरण होइन’ भन्ने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जताततै दलगत राजनीतिबारे सरकार र नेतालाई सम्झाउनुपर्छ । प्रजातान्त्रिक अधिकार खुम्चन नदिन नागरिक समाज बोल्नैपर्छ । थिचोमिचो सह्यो भने प्रजातन्त्र धरापमा पर्छ । सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना गर्नुपर्छ । प्रजातन्त्रमा हरेक नागरिक सचेत र सक्रिय हुनुपर्छ ।”
लामो समय प्राज्ञिक, कूटनीतिक र आर्थिक क्षेत्रमा रहेर अनुभवले खारिनुभएका उहाँ नागरिक समाजका प्रतिष्ठित व्यक्तित्व मानिनुहुन्छ । प्रजातन्त्र दिवस–२०८१ को सन्दर्भ पारेर २००७ सालको जनक्रान्ति, त्यसको महत्व, त्यसयता मुलुकमा भइरहेको राजनीतिक अभ्यासलगायत समसामयिक विषयमा प्राध्यापक माथेमासँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंशः











