images

धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनःपक्राउ : भुटानी शरणार्थी प्रकरण

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपमा उनलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको मुद्दामा अदालतले उनीसँग १५ लाख धरौटी मागेको थियो । उनले धरौटी बुझाएका छन् ।